कोईली ट्राभल्सले सञ्चालनमा ल्यायो पोखरा-भक्तपुर सुविधायुक्त बस
पाेखरा | कात्तिक १२, २०८१
पोखरा: पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहेको कोईली ट्राभल्सले पोखराको हेमजाबाट भक्तपुरसम्म सुविधायुक्त बस सञ्चालनमा ल्याएको छ ।
ट्राभल्सले आजदेखि पोखराको हेमजाबाट पोखरा पर्यटन बसपार्क हुँदै २ वटा सुविधायुक्त बस सञ्चालनमा ल्याएको हो ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक एवम् जगदम्बा ट्राभल्सका सञ्चालक केशवराज अधिकारीले ट्राभल्सले आजदेखि सञ्चालमा ल्याएको पोखरा–भक्तपुर बस सेवाको शुभारम्भ गरे ।
बस सेवाको शुभारम्भपछि बोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक एवम् जगदम्बा ट्राभल्सका सञ्चालक केशवराज अधिकारीले समय अनुसार यात्रुहरुलाई सेवा दिने उद्धेश्यले सुविधायुक्त बसहरु सञ्चालमा आइरहेको बताए ।
‘कुनै समय बस व्यवसायीहरुले यातायात क्षेत्रमा सिन्डिकेट लगाए भन्ने आरोप पनि लगाए, चुहिने भाचिएको सिट भन्ने लगायतका आरोप खेप्दै व्यवसायमा अगाडि बढ्यौ’, अधिकारीले भने, ‘अहिले समयमको माग अनुसार राजमार्गमा व्यवसायीहरुले सुविधायुक्त बसहरु सञ्चालन ल्याइरहेका छौं ।’
उनले सुविधायुक्त बसहरु सञ्चालमा ल्याएपनि सडका कारण व्यवसायमा चुनौती थपिएको बताए ।
‘यातायात व्यवसायीहरुमा अहिले सडक र मौसमका कारण चुनौती खडा भइरहेको छ’, उनले भने, ‘चुनौतीकाबीच व्यवसायीहरुले यात्रुहरुलाई सहज रुपमा सेवा दिन सुविधायुक्त बसहरु सञ्चालनमा ल्याएका छन् ।
व्यवसायी अशोक कुमार चौधरी र मेघराज त्रिपाठीले कोईली ट्राभल्सबाट २ वटा सुविधा युक्त बसको सेवा सुभारम्भ गरेका हुन् । बसमा २१ वटा सोफासहितको र ८ सिल्परसहितको सिट रहेको छ ।
पोखरा–भक्तपुर र भक्तपुर–पोखरा एक जनाका लागि १ हजार ६ सय रुपैयाँ भाडा निर्धारण गरिएको बसमा यात्रुका लागि खाजा, चियाको सेवासमेत रहेको सञ्चालक अशोक कुमार चौधरीले बताए ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

